• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त पुनको योग्यतामाथि प्रश्न, तीन दिनभित्र कागजात मगाउन निर्देशन

64x64
नेपाल लाइभ बिहीबार, पुस १२, २०८०  २०:३०
1140x725

काठमाडौं– पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको योग्यतामाथि सांसदहरुले प्रश्न उठाएका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले हालै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेसँगै सांसदहरुले यसको विरोध गरेका हुन्।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले कार्यकारी निर्देशकमा नियुक्तिका लागि पुनको योग्यतामाथि प्रश्न उठाएका हुन्। सांसदहरुले उनको शैक्षिक योग्यता, अनुभव र धर्म लगायतका विभिन्न विषयहरुमाथि प्रश्न तेर्साएका हुन्।

बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद एकनाथ ढकालले पुनको नाम समानुपातिक उम्मेदवारको सूचीमा रहेको उल्लेख गर्दै यस्तो व्यक्ति राज्यको कुनै पनि निकायमा नियुक्त हुन नसक्ने बताए। उनले यस्तो विवादित व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बनाउनु नहुने धारणा राखे। 

उनले भने,  ‘हाम्रो ऐनमा कुनै पनि व्यक्ति यदी समानुपातिक उम्मेदवार छ भने त्यो कायम रहँदासम्म राज्यको कुनै पनि नियुक्ति हुन नसक्ने प्रावधान छ। निर्वाचन आयोगको वेवसाइटमा हेर्दाखेरी लक्ष्मी पुनको नाम अहिले पनि समानुपातिक उम्मेदवारको रुपमा सूचिकृत भएको देखिन्छ। त्यसले गर्दाखेरी यी कुराहरु के हुन्? हामी सबैको आस्थाको केन्द्र पशुपतिनाथमा हुने कामहरु सकभर कम विवादित हुनुपर्छ भन्ने हामीलाई लाग्छ। यो विषयमा प्रष्ट बनाउनु हुन सदस्यसचिव अथवा मन्त्रालयका सचिवज्युलाई आग्रह गर्दछु।’

ढकालले पशुपति क्षेत्र विकास कोषमा धेरै कर्मचारीहरु नियुक्त गर्ने गरिएको भन्दै कुन कानुन र नियमावलीमा टेकेर कर्मचारी नियुक्त गरिएको हो भनि प्रश्नसमेत गरे। उनले  कर्मचारी नियुक्तिको मापदण्डबारे पनि प्रष्ट पारिनुपर्ने बताए।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कार्यकारी निर्देशक नियुक्तिको मापदण्ड पूरा नभएकाले प्रश्न उब्जिएको बताए। उनले कानुन बमोजिम नियुक्ति भए, नभएको सन्दर्भमा सम्बन्धित निकायले प्रष्ट्याउनुपर्ने बताए। 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सत्तारुढ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय सदस्यलाई नियुक्त गरिएको भन्दै आफ्नो कार्यकर्ता नैतिक रुपले राख्न नमिल्ने बताए। उनले सो नियुक्तिमा योग्यताको समेत ख्याल नगरिएको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर जबराले लक्ष्मी पुन क्रिश्चियन धर्मावलम्वी भएको प्रचार रहेको उल्लेख गर्दै यदी सो कुरा सत्य भएमा राज्यले हिन्दू धर्मावलम्वीहरुप्रति अन्याय र अपराध गरेको ठहर्ने बताए। उनले पुनको धर्म र शैक्षिक योग्यतामाथि छानबिन गर्नुपर्ने माग गरे। 

उनले भने,  ‘लक्ष्मी पुन क्रिश्चियन धर्मावलम्वी हो भन्ने व्यापक प्रचार छ। यो विषय गम्भिर छ। उहाँ क्रिश्चियन हुनुहुन्छ भने अनर्थ गरेको हो। हाम्रो विश्वासमाथि कुठाराघात गरेको हो। हिन्दूको आस्थाको केन्द्रमा अर्को धर्मावलम्वी हुनु हुँदैन। छानबिन हुनुपर्‍यो। उहाँ क्रिश्चियन हुनुहुन्छ भने घोर अन्याय र अपराध गरेको राज्यले ठहर्छ। हिन्दू नै हो भने मलाई भन्नु केही छैन। योग्यता छानबिन गर्नुपरो। सर्टिफिकेट हुनुपर्‍यो। निर्देशिकामा मापदण्ड पूरा गर्नुहुन्छ भने ठिकै छ।’

नेकपा(माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनमाथिको आक्रमण महिला, जनजाति र कर्णाली भेगमाथि भएको प्रहार भएको बताइन्। पुनको योग्यतामाथि प्रश्न उठाएर दुर्व्यवहार र अपमान गरिएको भन्दै आपत्ति प्रकट गरिन्। 

उनले पुन क्रिश्चियन धर्मावलम्वी भएको प्रचार गरिएको भन्दै यसको विरोध गरिन्। पुन हिन्दू धर्मावलम्वी भएको उनको दाबी छ। 

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले पुनको शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण रहेको जानकारी गराए। १५ वर्षे अनुभव भने विभिन्न मिडिया, एफएमहरुमा काम गरेको देखिएको उनको भनाइ छ।

उनले भने, ‘शिक्षणसंस्थाबाट कुनै विषयमा स्नात्तकोत्तर तह उत्तीर्ण गरी कोष सेवा वा सरकारी सेवामा प्रचलित कानुन बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ, संस्थाको कम्तिमा अधिकृत द्वितिय श्रेणीसरहको पदमा कम्तिमा १५ वर्षको अनुभव भनेको एउटा छ। अर्को, मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातक तह उत्तिर्ण गरी कोषको सेवा, सरकारी सेवा वा प्रचलित कानून बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संस्थामा अधिकृत पदमा कम्तिमा २० वर्ष सेवा गरिएको भनिएको छ। उहाँको योग्यताको हकमा उहाँले मदन भण्डारी कलेजबाट डिग्री उत्तिर्ण गर्नुभएको छ। गोवा विश्वविद्यालयबाट ब्याचलर सकिएको छ। योग्यता अन्य १५ वर्षको कुरामा चाहीँ उहाँले विभिन्न मिडिया, एफएमदेखि लिएर विभिन्न मिडियामा उहाँले कार्य गर्नुभएको योग्यता बुझाउनुभएको छ।’

सांसदहरुले पशुपति क्षेत्र विकास कोषका अन्य विभिन्न गतिविधिहरुमा पनि प्रश्न उठाएका थिए।

तीन दिनभित्र नियुक्तिको कागजात पेस बुझाउन निर्देशन

समितिले पुनको कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु ३ दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ।

कोषको कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु ३ दिनभित्र बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो। केही दिनअघि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्ति गरिएको थियो। सो नियुक्ति प्रक्रिया र सम्बन्धित व्यक्तिको योग्यतामाथि सांसदहरुले प्रश्न उठाएसँगै समितिले नियुक्ति सम्बन्धी प्रमाणित कागजात मगाएको हो।

बैठकले कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णयको माइन्यूट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तिन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ। त्यसैगरी बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शिघ्र एकिन गरी हाल साविक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

समितिले पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कल सहितको विवरण ३ दिनभित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

यस्तै बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शीघ्र एकिन गरी हाल साबिक गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि गरेको छ। 

पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कल सहितको विवरण ३ दिनभित्र उपलब्ध गराइदिनका लागि निर्देशन दिने निर्णय गर्नुका साथै कोषको गुरुयोजना उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्