काठमाडौं- कांग्रेसको केन्द्रीय कार्यसमितिका क्रममा बिहीबार पार्टी कार्यालय परिसरमा केन्द्रीय सदस्य शशांक कोइरालाई पत्रकारले सोधे- ’तपाईं मन्त्री नबन्ने?’ कोइरालाले जवाफ दिए- ‘मन्त्री किन बन्नुपर्यो?’
उनले अहिलेका मन्त्रीहरूले काम गर्न नसकेको बताए। ‘मन्त्रीहरूले काम गर्न सकेका छैनन्’, उनले भने, ‘किन काम गर्न सकेका छैनन्, म भन्न सक्दिनँ। उहाँहरूलाई के अप्ठ्यारो छ, म भन्न सक्दिनँ।’
उनले मन्त्रीमा मान्छे मात्रै परिवर्तन गरेर नहुने बताए। ‘प्रधानमन्त्रीको आफ्नो विचार होला’, उनले भने, ‘मेरो भनाइ छ, उनीहरू (अहिले भइरहेकै मन्त्रीहरू)बाटै काम लिनुपर्यो।’
मन्त्री फेरेर काम हुन्छ भनेर भन्न नसकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।