काठमाडौं- कांग्रेसका केन्द्रीय सदस्यहरूले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस् भनेर सुझाव दिएका छन्।
बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सो विषयमा धारणा राखेका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।
‘कसैलाई दोहोर्याइरहने, कसैले कहिल्यै पनि अवसर नपाउने नहोस्’, विश्वकर्माले भने, ‘पार्टीले खोजेर भए पनि मूल्यांकन गरोस्। न्याय गरोस् भन्ने केन्द्रीय सदस्यहरूको धारणा रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।