• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको एक वर्ष : आफ्नै प्रतिबद्धताको विपरीत दिशातिर प्रचण्ड

64x64
नेपाल लाइभ मंगलबार, पुस १०, २०८०  १९:५५
1140x725

काठमाडौं- गत वर्ष पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएको छैटौं दिनमा चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको बताएका थिए।

‘तपाईंहरुलाई थाहा छ, मैले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु। म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। यो कार्यकाल म भाषण कम र काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने मैले प्रतिज्ञा गरेको छु’, उनको भनाइ थियो।

लगत्तै राष्ट्रिय योग दिवसको अवसरमा गत माघ १ गते भक्तपुरको सानो ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए- ‘मैले यसपटक प्रधानमन्त्रीको रुपमा जनता र राष्ट्रको पक्षमा राम्रा केही नयाँ काम सुरु गर्ने अठोटसहित शपथ ग्रहण गरेको छु।’

तेस्रो कार्यकाललाई सम्झनालायक बनाउने प्रधानमन्त्रीको चाहना रहेको त्यतिबेला उनका अभिव्यक्तिहरूमा प्रकट हुन्थे। त्यसका लागि उनको ‘ब्लुप्रिन्ट’ प्रष्ट थियो- धेरै भाषण नगर्ने बरु जनता र राष्ट्रको पक्षमा केही राम्रा कामहरू गर्ने।

जनता र राष्ट्रका पक्षमा कति राम्रा काम गर्न सके, त्यस सम्बन्धमा फरकफरक कोणबाट छलफल हुन सक्छ। तर एक वर्षको यस अवधिमा उनका महत्त्वपूर्ण समय भने सानाठूला कार्यक्रममा भाषण गरेरै बितिरहेका छन्। भाषणकै लागि उनी काठमाडौं उपत्यकादेखि अन्य जिल्लामासमेत पुगेका छन्। मंगलबार बिहान मात्रै माओ दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडा र २० औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा भाषण गरिसकेका छन्। यसरी उनी स्वयंले भाषण कम गर्ने भनेर गरेको प्रतिबद्धता पालना नभइरहेको देखिन्छ।

मंगलबार उनले यो प्रवृत्तिलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले भने, ‘केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु। सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुनेछ।’

त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्दै गर्दा साथीहरूले आफ्नो कार्यकाल एक महिनाभन्दा बढी नजाने भनेको बताउने गरेका छन्। गत मंसिर १ गते आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्घाटन समारोहमा सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको १०,११ महिना लागिसकेको भन्दै ‘बाँचिराखिएकै छ’ भन्दै कार्यकाललाई संश्लेषण गरेका थिए। यसरी उनी स्वयंले एक वर्ष पदमा टिक्नुलाई नै उपलब्धिको रुपमा बुझेको जस्तो देखिन्छ।

प्रधानमन्त्रीको सुरुवाती महिना उल्लेखनीय भएनन्। खासगरी तत्कालीन एमाले, रास्वपा तथा राप्रपा लगायतका दलहरूको गठबन्धनबाट प्रधानमन्त्री बनेका उनले सो गठबन्धनमा सहजता महसुस गर्न नसकेको देखिन्थ्यो। त्यसैले कैयौं हप्ता उनले कांग्रेस नेतृत्वको पुरानै गठबन्धन ब्यूँत्याउने प्रयत्नमै बिताए। त्यसक्रममा उनले एमाले लगायतका दल सहभागी गठबन्धनप्रति 'विश्वासघात' पनि गरे। त्यसैले फागुन अन्तिम साता राष्ट्रपति र चैत पहिलो हप्ता उपराष्ट्रपतिको निर्वाचन नहुञ्जेलसम्म शासकीय नेतृत्व नै अन्योलमा देखियो। कैयौं दिनसम्म त प्रधानमन्त्री प्रचण्ड एक्लैले झन्डै डेढ दर्जन मन्त्रालयको नेतृत्व समेत सम्हाले। त्यस क्रममा शीर्ष नेताका कैयौं बैठकहरू सत्ता दाउपेचका निम्ति थिए। जसले नागरिकबाट आलोचना पनि खेपेका थिए।

nimb
nimb

प्रधानमन्त्रीले मंगलबारको सम्बोधनमा यसलाई पनि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको भनाइ छ, ‘अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछ।’

गत फागुन/चैतमा कांग्रेस, एकीकृत समाजवादी लगायतका दल सम्मिलित नयाँ सत्ता गठबन्धन बनेपछि केही समय सरकार आक्रामक देखिएको थियो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहविरुद्ध लिइएको सक्रियता, सुन प्रकरण, ललिता निवास प्रकरणमा संलग्न रहेका आशंकामा दोस्रो मुद्दा दर्ता जस्ता विषयले सरकारले सुशासनका लागि निर्मम भएर अघि बढ्ने संकेत देखाएको थियो। तर, गठबन्धनका दलहरू र आफ्नै पार्टी माओवादी केन्द्रका नेताहरूको पनि नाम जोडिन थालेपछि सरकारको गति सेलाएको र त्यस्ता प्रकरण नै सामसुम हुने स्थितिमा पुग्ने हो कि भन्ने आशंका व्यक्त हुन थालेका छन्।

प्रतिनिधि सभामा ३२ सिट मात्रै जितेको दलको नेताको रुपमा उनी प्रधानमन्त्री छन्। संसदीय गणितको अप्ठ्यारा र सम्भावनाले गर्दा उनी प्रधानमन्त्री हुन सकेका भए पनि जनमतको हिसाबले उनले पाएको पद स्वाभाविक छैन। त्यति हुँदाहुँदै पनि प्राप्त 'अन्तिम अवसर'लाई उनले आफ्नो कार्यकुशलतामार्फत् आशा सिर्जना गर्न सकेका छैनन्। पछिल्ला दिनमा विदेशिनेप्रति उनको असन्तुष्टि प्रकट हुन थालेको छ। तर मानिसहरूले देशमा आशा नदेख्नुमा व्यक्तिगत रहर/बाध्यताका सँगसँगै आफ्नो शासकीय कमजोरी पनि हो भन्ने बुझ्न सकेका छैनन्।

यतिबेला उनी 'धक्का दिने' भन्दै आगामी दिनमा केही गरिछाड्ने अठोट व्यक्त गरिरहेका छन्। तर पहिलो कार्यकालमा उनको 'चमत्कार'ले जसरी हावा खायो, तेस्रो कार्यकालमा उनको 'धक्का'ले पनि हावा खाने निश्चितप्रायः छ। किनकि, उल्लेखनीय रुपमा जनतामुखी काम गर्न नसक्नु र भाषिक गोलमटोलमा जनतालाई भुल्याउनु नेपालका प्रधानमन्त्रीको साझा चरित्र हुँदै आएको छ। मंगलबार पनि उनले यही साता आफूले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने बताए। सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुने उनको भनाइ थियो। तर आफूमा परिवर्तनबाहेक अन्य सुधारले ठोस परिणाम ल्याउन कठिन छ।

प्रचण्डसँग अतिरिक्त एउटा क्षमता छ, विगतका कमजोरीलाई उनी सहज रुपमा स्वीकार्छन्। उनीसँग अर्को अतिरिक्त पनि क्षमता पनि छ- कमजोरीहरू दोहोर्‍याइरन सक्छन्। मंगलबार राष्ट्रको नाममा गरेको सम्बोधनमा पनि उनले केही समयभित्रै उल्लेखनीय काम गर्ने भनेर प्रतिबद्धता व्यक्त गरेका छन्। तर उनका विगतलाई केलाउँदा अब पनि उनले प्रभावकारी काम गर्लान् भनेर विश्वास गर्ने आधार न्यून छ। किनकि, उनी अहिले पनि अन्य मन्त्रीको कार्यक्षमतामा प्रश्न उठाइरहेका छन्, आफ्नो इमानदार प्रयत्नप्रति आत्ममूल्यांकन गर्न सकिरहेका छैनन्।

गठबन्धन र गठबन्धनमार्फत् प्रधानमन्त्री पद जोगाउन प्रचण्ड सम्झौतापरस्त हुन थालेको देखिन्छ। आफ्नो पद जोगाउनका लागि संघीय मन्त्री, संसदीय दलको सभापतिदेखि प्रदेशका सभामुखसम्म उनले तिलाञ्जली दिइसकेका छन्। जब पद जोगाउनु नै प्रमुख उद्देश्य हुन्छ, पद अनुसारको प्रभावकारी काम कसरी हुनसक्छ?

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्