काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताका सबै गाँठा छिटो फुकाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले आफू प्रदेशलाई बलियो बनाएर लैजाने पक्षमा दृढ भएको बताए।
'पछिल्लो समय प्रदेश मुख्यमन्त्रीहरूको असन्तोष मैले सुनेको छु र बुझेको पनि छु। म आज यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु, संघीयताका सबै गाँठा निकै छिटो फुकाइँदैछ', उनले भने।
प्रधानमन्त्रीले राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक आफूले नै डाकेको स्मरण गराए। 'संघ, प्रदेश र स्थानीय तहको कार्य सम्पादनमा देखिएको दोहोरोपन र अस्पष्टता हटाउन कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जन गरिँदैछ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।