काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया पीडितमैत्री हुने दाबी गरेका छन्।
शान्ति प्रक्रिया टुङ्ग्याउन ढिलाइ भएको कुरा स्वीकार्दै उनले शान्ति प्रक्रियाका काम आम सहमतीमै टुङ्ग्याउन आफू संकल्पित रहेको दाबी गरे।
उनले सर्वोच्चको फैसला,पीडितको माग ,अन्तर्राष्ट्रिय कानुन अनुसार सहमतीमै संक्रमणकालीन न्याय टुङ्ग्याउने दाबी गरे।
उनले यसका लागि संसदको मानव अधिकार समितिमा रहेको विधेयकमाथि छलफल भएको कुरा जानकारी दिए।
प्रधानमन्त्रीले केही दिनदेखि संक्रमणकालीन न्यायका विषयमा प्रमुख दलका बीचमा छलफल गरेका थिए। संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रियामा अन्तर्राष्ट्रिय चासो रहेको कुरा स्वीकार गर्दै उनले यो नेपाली मोडलमा समाधान हुने पनि दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।