काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फर्ममेन्स नदेखिएका देशका राजदुतहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको बताएका छन्।
उनी नेतृत्वको सरकारको एक वर्ष पुगेको अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रचण्डले यो आफू सबै देशका राजदुत र दुतावासको काम अध्ययन गरिरहेको भन्दै राम्रो फर्ममेन्स गरेकाहरुलाई सहयोग गर्दै राम्रो नगर्नेहरूलाई फिर्ता बोलाउने बताए।
उनले देशको आर्थिकस्तर विकाससँगै विदेशमा रहेका राजदुतहरूले पनि देशका लागि काम गर्नुपर्ने भन्दै आफू एक्सनको तयारीमा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।