काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुनुअघि १८ घन्टा लोडसेडिङ हुने गरेको तर अहिले विद्युत् निर्यात गर्ने स्थानमा पुगेको दाबी गरेका छन्।
उनले यो वर्ष ७०० मेगावाटसम्म निर्यात गरेर १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरेको दाबी गरे। उनले पाँच वर्षअघि यसको कल्पना नगरेकोसमेत दाबी गरेका छन्।
यो उपलब्धीमा आफूले पनि सन्तोष नमानेको उनको भनाइ छ। उनले भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने सहमति भएकाले यो बजार विस्तार हुने जानकारी दिए।
यस्तै बंगलादेशसँग विद्युत् सम्झौता हुन लागेको उनले जानकारी दिँदै उनले चीनसँग पनि विद्युत् व्यापारको बाटो खुल्ने दाबी गरे। सरकार अब ठूला आयोजना निर्माणमा केन्द्रित भएको उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकीलाई कुनै कमि हुन नदिने र कर्णाली चिसापानीको अध्ययन सुरु भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।