काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल बुधबार बाग्लुङ जाने भएका छन्।
गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौं बाग्लुङ महोत्सव २०८० को कार्यक्रममा सहभागी हुन उनी बाग्लुङ जाने भएका हुन्।
महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ।
यसका साथै राष्ट्रपति पौडेलले बाग्लुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्नुका साथै शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।