काठमाडौं– संक्रमणकालीन न्यायका विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताहरुबीच बसेको बैठक सकिएको छ। प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा संक्रमणकालीन न्यायको विषय टुंग्याउनेबारे सकारात्मक छलफल भएको बताइएको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले शान्ति प्रक्रियाका विषयलाई टुंगोमा पुर्याउनुपर्ने बारेमा छलफल भएको बताए। कानुन बनाउने विषयमा एमाले तयार रहेको धारणा बैठकमा राखेको उनको भनाइ छ।
सरकारसँग एमालेले केही प्रश्नहरुसमेत राखेको उनले बताए। पीडिक र पीडितलाई हात मिलाएर त्यही जगमा रहेर आगामी दिनमा कुनै पनि किसिमका हिंसा र तनाव, द्वन्द्वका विषय नहुने गरी सरकार तयार छ कि छैन भन्ने विषयमा कुराकानी भएको नेता बर्तौलाले जानकारी दिए।
यस्तै शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन तीन शीर्ष नेताहरु सकारात्मक देखिएका छन्। एमाले, कांग्रेस र माओवादीका नेताहरुले पीडितमैत्री कानुन बनाएर तत्काल प्रक्रिया अघि बढाउनेबारेमा छलफल गरेको बर्तौलाले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।