काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका नेताहरुबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा केही बेरअघिबाट छलफल सुरु भएको हो।
बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा छलफल हुनेछ। सम्भवत:दलहरुबीच उक्त विधेयकमा आजै सहमति गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।