काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले पनि गणतन्त्रलाई कमजोर गर्न विभिन्न कुराहरू आइरहेको बताएका छन्।
आइतबार कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा कांग्रेसद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गणतन्त्रलाई कमजोर बनाउन आइरहेका कुरालाई ध्यान दिएर सबै एक भएर लाग्नुपर्ने बताए।
उनले इतिहास नफर्किने पनि बताए। ‘मलाई लाग्छ, इतिहास फर्किन गाह्रो छ। इतिहास फर्किने कुरा छैन। गणतन्त्रात्मक लोकतन्त्रको सुदृढीकरण गर्दै अगाडि बढ्नु नै अहिलेको हाम्रो बाटो हो’, उनले भने।
देउवाको सम्बोधनको समापनसँगै केही कार्यकर्ताले ‘शेरबहादुर दाइ जिन्दावाद’ भन्दै नारा लगाएका थिए। देउवाले भने ‘भयो, भयो, प्लिज भयो, भयो’ भनेका थिए। त्यस क्रममा हाँसो फैलिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।