काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सामूहिक नेतृत्वमा नचल्ने हो भने तमाम क्रियाशील सदस्यबाट सभापति चयन हुने व्यवस्था गरिनुपर्ने बताएका छन्।
'यदि सभापतिकै नेतृत्व हो भने तमाम क्रियाशील सदस्यहरूले सभापति चुन्ने व्यवस्था गरौँ। र सभापतिलाई सम्पूर्ण जिम्मा लगाऔँ। होइन भने, यो हाँसको चाल न बकुल्लाको चाल, जो देखिरहेका छौँ। त्यसबाट पार्टीको गति अगाडि बढ्न सक्दैन,’ नले भने।
केसीले पार्टीको विधानमा सुधारको आवश्यकता रहेको बताए। आफूहरूले निरन्तर रुपबाट सामूहिक नेतृत्व पद्धतिको निम्ति कोसिस गरेको, पार्टी सामूहिक नेतृत्वबाट चलोस् भन्ने हाम्रो इच्छा राखेको भए पनि त्यो कहिल्यै र कसैको पालामा नचलेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।