काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले काम गरेका कारण सबै ठीक छ भनेर मन्त्रीहरूले होइन, जनताले भन्नुपर्ने बताएका छन्।
‘हाम्रा आदरणीय मन्त्रीज्यूहरूले भन्नुभयो, सबै कुरा ठीक भएको छ। म अनुरोध गर्न चाहन्छु, यदि सबै कुरा ठीक भएको हो भने तपाईंहरूले किन भन्नुहुन्छ? जनताले नै भन्छन् नि’, शनिबार बागमती प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने।
उनले मन्त्रीहरूको समय महत्त्वपूर्ण भएको भन्दै उनीहरूलाई मञ्चहरूमा आएर भाषण गर्ने फुर्सद हुन नहुने बताए। भने, ‘यदि राम्रो काम गर्नुभएको छ भने मलाई भनिदिनुस्। तपाईंको प्रशंसा मैले गर्छु। कांग्रेस पार्टी सरकारमा गएको कारणले यसो भयो भनेर मैले भन्न पाउनुपर्यो, प्रचार गर्न पाउनुपर्यो।’
उनले कांग्रेसले नेतृत्व गरेको स्थानीय तहदेखि संघीय सरकारबाट राम्रो काम गर्ने हो भने कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।