काठमाडौं- विशेष अदालतले ३५९ थान पुराना मुद्दा आगामी असार मसान्तसम्म फर्स्योट गरिसक्ने लक्ष्य राखेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतले सो लक्ष्य राखेको हो जनाएको हो।
पत्रकार सम्मेलनमा विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुद्दा असार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताए। उनले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरु पनि असारमसान्तसम्म ५० प्रतिशत फर्स्योट गरिसक्ने कार्ययोजना रहेको जानकारी दिए।
गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको बताउँदै कार्कीले अघिल्लो आर्थिक वर्ष अर्थात् असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको उल्लेख गरे। उनले जम्मा लगत भनेको अहिले विशेष अदालतमा ४३४ थान मुद्दा रहेको पनि बताए।
जसमध्ये १२३ थान (२८.३४प्रतिशत) फर्स्योट भएको र बाँकीमध्ये पनि विशेष अदालतमा २ वर्ष नाघेका मुद्दा ७२ थान रहेकोमा अहिले थान सकिएर ७० थान रहेको उनले जानकारी दिए।
विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानुनी सम्पत्ति आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पत्ति शुद्धीकरणका मुद्दा २९ रहेको कार्कीले बताए। साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्स्योट गर्ने लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्स्योट भएको उनको भनाइ छ।
नयाँतर्फ ५ महिनामा ११ थान मुद्दा फर्स्योट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फर्स्योट भएको र १३६ थान मुद्दा फर्स्योट गर्ने लक्ष्य निर्धाराण गरेकोमा ११८ थान (८६.७६ प्रतिशत) फर्स्योट भएको पत्रकार सम्मेलनमा कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।