• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्च अदालतमा न्यायाधीश पदपूर्ति: अब कस्तो होला मुद्दा सुनुवाइको गति?

64x64
नेपाल लाइभ बिहीबार, पुस ५, २०८०  १४:२०
1140x725

काठमाडौं- सर्वोच्च अदालतले लामो समयदेखि न्यायाधीश अभाव खेप्दै आएको थियो। संविधानले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश मात्र हुने व्यवस्था गरेको छ।

२०७२ सालको संविधान बन्नुअघि अस्थायी न्यायाधीश पनि राख्ने चलन थियो। तर यो संविधानले स्पष्ट रुपमा सर्वोच्च अदालतमा प्रधानन्याायधीश सहित २१ न्यायाधीश हुने भनेको छ। संविधानको यही व्यवस्था हेर्दा अब सर्वोच्च अदालतमा एक जना न्यायाधीशको मात्र पद रिक्त रहेको छ।

सर्वोच्चमा हाल १४ न्यायाधीश कार्यरत छन् भने आज (बिहीबार)देखि ६ जना न्यायाधीशले नयाँ जिम्मेवारी सम्हाल्नेछन्। उच्च अदालत र वरिष्ठ अधिवक्ताबाट सिफारिस भएका उनीहरुलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए। त्यसअघि उनीहरु संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका थिए। 

संविधान अनुसार सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशहरुलाई संसदीय सुनुवाइ गरिनुपर्छ। सोही अनुसार उनीहरुको संसदीय सुनुवाइ करिब एक साता लगाएर सम्पन्न गरियो। न्यायपरिषद्‌को सिफारिस लगत्तै संघीय संसद्‌को संयुक्त सुनुवाइ समितिले उनीहरु विरुद्ध उजुरी आह्वान गरेको थियो।

उजुरी प्राप्त भएपछि त्यसमा छलफल गर्दै सिफारिस भएका न्यायाधीशहरुको कार्ययोजना सुन्ने र सांसदहरुको प्रश्न राख्ने काम गरेको थियो। यी सबै प्रक्रिया सकेर उनीहरुको नाममा अनुमोदन गर्दै नियुक्तिका लागि राष्ट्रपति कार्यालय पठाएको थियो। 

राष्ट्रपतिले हिजै नियुक्ति गरेपछि राष्ट्रपति कार्यालयले ३ बजे नवनियुक्त न्यायाधीशहरुको सपथ राखेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए। 

३० हजार मुद्दाका चाङ घटाउने चुनौती 
नवनियुक्त न्यायाधीशहरुले सपथ लगत्तै आजै पदभार ग्रहण गर्नेछन्। उनीहरुलाई शुक्रबारदेखि पेसी तोकिनेछ। गोलाप्रथाद्वारा तोकिने पेसीमा उनीहरु संयुक्त, एकल, पूर्ण र संवैधानिक इजलासमा रोलक्रम अनुसार बसेर मुद्दाको सुनुवाइ थाल्नेछन्।

पछिल्लो समय सर्वोच्च अदालतमा न्यायाधीश अभाव हुँदा मुको चाङ लागेको छ। सर्वोच्चमा करिब ३० हजार मुद्दाको लगत रहेको छ। तीमध्ये १० वर्ष पुराना मुद्दा पनि विचाराधीन रहेका छन्। पुराना मुद्दाहरुलाई छिटो फैसला गर्न सर्वोच्चले अभियान फाँट नै निर्माण गरेर पेसी तोक्ने गरेको छ। तर सुनुवाइ हुन नसक्दा पेसी तोकिने अनि सर्ने हुँदै आएको छ।

nimb
nimb

सर्वोच्चमा हरेक दिन दुई सयभन्दा धेरै थान मुद्दा पेसी तोकिन्छ। तीमध्ये मुस्किलले ३० थान मुद्दा फैसला हुन्छन्। बुधबार २०० थान पेसी तोकिएकोमा ३४ थान मुद्दा मात्र फैसला भए। १२९ थान मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भए। 
संवैधानिक इजलास, एकल र संयुक्त गरेर ७ वटा इजलास गठन भएका थिए। प्रधानन्यायाधीश सहित वरिष्ठतम पाँच न्यायाधीश संवैधानिक इजलासमा बसेपछि अधिकांश मुद्दाहरु हेर्न नभ्याउने हुँदै स्थगित भएका थिए।

बिहीबार पनि २३४ थान मुद्दा पेसी तोकिएका छन्। ती अधिकांश मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित हुने निश्चित छ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश बलराम केसीले अब सर्वोच्च अदालत पूर्ण भएकाले मुद्दामा गति लिनुपर्ने र त्यसको नेतृत्व प्रधानन्यायाधीशले लिनुपर्ने बताए। 

लामो समयदेखि न्यायको याचना गर्दै सर्वोच्च आएका व्यक्ति, बन्दी र कर्णालीजस्ता दूरदराजबाट न्यायका लागि आएका मानिसहरुलाई फर्काउन नहुने अवस्था सिर्जना गर्न ढिलाइ भइसकेको उनको टिप्पणी छ। आफू सर्वोच्चमै रहँदा मधेसबाट आएका मानिसहरु रातभर सर्वोच्चको गेटमा बस्ने अनि बिहानै भएपछि इजलासमा पेसी के भो भनेर आउँदा कटक्कै मन दुख्ने गरेको सुनाए। तत्कालीन अवस्था र अहिलेको अवस्था उस्तै भएकाले अब यो विषयमा कार्ययोजना बनाएरै सोच्ने समय आएको उनले बताए। 

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालतमा आएर मुद्दा थुप्रिने अनि न्यायाधीश छैन वा अन्य बहानामा सुनुवाइ नगर्ने परिपाटी अब अत्य हुनुपर्ने बताए। ‘विगतमा न्यायाधीश छैन भन्ने एउटा बहाना थियो होला तर अब यो आजबाट सकिएको छ। सर्वोच्चमा २० जना न्यायाधीश भएका छन्। लगनका साथ अब जनताको मुद्दा सुनुवाइ गरिनुपर्छ,’ घिमिरेले भने, ‘यसका लागि अदालत नेतृत्वले कार्ययोजना ल्याओस्, बार सँगै हिँड्न तयार छ।’ 

प्रधानन्यायाधीश विश्वभर श्रेष्ठले पनि आफू मुद्दाको चाप घटाउन लागिपरेको र केही समयमा नतिजा देखिने बताउँदै आएका छन्। केही समयअघिको भेटमा उनले प्रविधिको प्रयोग, न्यायाधीशहरुको कार्यक्षमता र समय बढाएर भए पनि मुद्दाको चाप घटाउने उपायहरु कार्यान्वयनमा ल्याउन आफू लागेको बताएका थिए। उनले जनतालाई समयमै न्याय दिनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको भन्दै विगतमा न्यायाधीश अभावले गर्दा समस्या भएकाले अब गति लिने उनको भनाइ थियो।  

प्रधानन्यायाधीश श्रेष्ठले आफूले जिम्मेवारी सम्हाले लगत्तै केही सुधार भने गरेका छन्। उनले तारेख अटोमेसनमा लैजाने, पुराना मुद्दाहरुको फर्स्योटका लागि अभियान फाँट सुरु गर्ने, शुक्रबार अतिरिक्त समयमा पेसी तोकेर मुद्दाको सुनुवाइ गर्ने कार्य सुरु गरेका छन्। त्यस्तै अब केही समयपछि ब्लक हेरिङमार्फत उस्तै प्रकृतिका र औचित्य समाप्त भएका मुद्दाहरु सुनुवाइको अभ्यास पनि गर्ने तयारी सर्वोच्चले गरेको छ।  

सर्वोच्च अदालतले आफ्नो पञ्चवर्षीय रणनीतिक योजनामा मुद्दाहरुलाई घटाएर ५ वर्ष पुराना मुद्दाहरु शून्यमा झार्ने लक्ष्य राखेर काम गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा
सम्बन्धित सामग्री
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी बिहीबार, भदौ ११, २०८३
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्