काठमाडौं– रक्षामन्त्री मानवीर राईले सैनिक सामग्री खरिद एवं व्यवस्थापन, बंकरदेखि ब्यारेक कार्यक्रम र राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा लक्ष्य बमोजिम प्रगति भएको बताएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले विपद् प्रतिकार्यमा नेपाली सेनाको सक्रियता र भूमिका उल्लेखनीय रहेको बताए। उनले काठमाडौं/तराई/मधेस द्रुत मार्ग सडक आयोजनाको सुरु बिन्दु यथाशीघ्र निर्माण गर्नको लागि सरोकारवालाबीच समन्वय भइरहेको बताए।
उनले खरिद प्रक्रियालाई कानुनसम्मत एवं पारदर्शी हिसाबले अघि बढाउनुका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम द्रुत मार्गको गुणस्तर कायम गर्न निर्माण पूर्व र निर्माणको क्रममा प्रयोग हुने सामग्री लगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे।
उनले निर्धारित समयमै गुणस्तरीय रूपमा निर्माण गराउने सन्दर्भमा मन्त्रालयले निरन्तर सहयोग र समन्वयका साथै निरन्तर अनुगमन गर्नुपर्ने जरुरी रहेको बताए।
रेलमार्ग खोकना क्षेत्रमा नजाने पनि दाबी गरे। खोकना क्षेत्रमा स्मार्ट सिटी पनि जग्गाको अभावका कारण बन्न नसक्ने बताए। फास्टट्रयाकमा लाभकर छुट दिने कुरा जनताका लागि काम गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।