काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका मुख्य पाँच वटा स्थल आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको छ।
बुधबार प्रशासनले एक सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद् भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच वटा क्षेत्रलाई आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको छ।
उक्त क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।