काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन्।
राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा परी संसदीय सुनुवाइ भएका उच्च अदालतका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरू ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका हुन्।
न्यायाधीशमा नियुक्ति पाउनेमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन्। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएकाहरुलाई नियुक्ति गरिएको उल्लेख गरेको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले उनीहरुको नियुक्ति भएको जानकारी दिएकी हुन्। अब प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले उनीहरुलाई सपथ खुवाउनेछन्। सपथपछि उनीहरुले जिम्मेवारी सम्हाल्नेछन्। योसँगै सर्वोच्च अदालतमा २० न्यायाधीश हुनेछन्।
![406716454_1100312554644160_3724425006279326591_n-1703069630.png](https://nepallive.net/uploads/posts/406716454_1100312554644160_3724425006279326591_n-1703069630.png?timestamp=1703069631895)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।