• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सांसद, नयाँ अनुभव

संसद् चलिरहँदा बाहिर छोडेकी छोरी सम्झेर मन भारी हुन्थ्योः बिना जैसवाल

64x64
पुष्पा केसी बुधबार, पुस ४, २०८०  १५:५८
1140x725

काठमाडौं– कहिलेकाहिँ जीवनमा त्यस्तो मोड आइदिन्छ, जहाँबाट मान्छेले बाँचिरहेको जीवनभन्दा फरक र नयाँ यात्राको थालनी हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना जैसवालको जीवनमा पनि त्यस्तै मोड आयो, जुन मोडले उनलाई सोच्दै नसोचेको राजनीतिको बाटोतिर डोर्‍यायो। जसबारे उनले सोचेकी थिइनन्, यति छिटो र छोटो समयमै राजनीतिमा यति ठूलो फड्को मारिएला।

उनको राजनीतिक यात्रा २०७९ सालबाटै भयो। स्थानीय तह निर्वाचन थियो, विगतमा बलियो भए पनि पछिल्लो समय राप्रपा कमजोर रहेको वीरगञ्ज उप-महानगर पालिकामा उनी उपमेयरमा प्रतिस्पर्धा गरिन्। पारिवारिक पृष्ठभूमि राप्रपा हुनु पनि निर्वाचनमा होमिनुको अर्को कारण बन्यो।

त्यतिबेला उनी गर्भवती थिइन्। उपमेयरमा उठेपछिको दौडधुपले त्यसपछिको थकान उत्तिकै थियो। तर, थकानभन्दा बढी उनमा उत्साह थियो। उपमेयरमा जैसवालले ६ हजार बढी भोट ल्याइन्। त्यो भोट जितका लागि पर्याप्त थिएन। उनी सम्झिन्छिन्, ‘तर, त्यसले जितभन्दा बढी खुशी दियो।’ त्यतिमात्रै होइन, त्यही चुनावले नै उनलाई राजनीतिक अनुभव बटुल्ने मौका पनि दियो।

मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मधेशी महिला कोटाबाट समानुपातिक सांसद हुने अवसरको जग त्यही स्थानीय निर्वाचन बन्यो।
   
तीन महिनाको छोरी लिएर संसद् 
विगतमा राजनीतिमा कुनै चासो नराख्ने जैसवाललाई सांसद पद भने सधैं गरिमामय र सम्मानजनक लागिरह्यो। सुरुमा संसद्‌भित्र केही असहज महशुस भयो। उनी संसदीय अनुभव सुनाउँदै भन्छिन्, ‘अहिले सिक्दै जाँदा भने हामी पनि काम गर्न र प्रतिस्पर्धा गर्न सक्छौं भन्ने आत्मविश्वास आइसकेको छ।’

प्रतिनिधि सभा जाँदा सुरुवाती दिनमा उनी साढे तीन महिनाको छोरीलाई सँगै लिएर जान्थिन्। त्यतिबेला अर्को छोरी साढे तीन वर्षको थिइन्। त्यसअघि छोरीलाई छोडेर हिँडेको अनुभव उनीसँग थिएन। संसद् यात्रा तय भएपछि ठूली छोरीलाई कहिले काठमाडौं त कहिले वीरगञ्ज छोड्नुपर्ने बाध्यता आइलाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

‘त्यसरी छोरीलाई छोडेर छुट्टिनु पर्दा मन निकै भारी हुन्थ्यो,’ उनले भनिन्, ‘राजनीतिक मान्छे कतिबेला कहाँ मिडिया र जनतासँग ठोक्किनुपर्छ थाहा हुँदैन। त्यसले पनि छोरीलाई सधैं सँगै लैजान गाह्रो भयो।’ त्यसका बाबजुद पनि परिवार र श्रीमान्‌बाट पाएको साथ, सहयोग र हौसलाले उनलाई दुखी हुने छुट दिएन।

कहिलेकाहिँ आफैसँग छोरीलाई लिएर संसद् गइरहेकी छिन्। घरमै छोडेर गएको दिन दुई-तीन घण्टाको बीचमा दूध खुवाउन इमाडोल पुग्छिन्। र, फेरि फर्केर संसद् आउँछिन्। कहिले बच्चालाई गाडीमै राख्थिन् र कार्यक्रम अथवा संसद् चलिरहेको बेला बीचमा गाडीमा गएर दूध खुवाउँथिन्। विस्तारै बोत्तलबाट दूध खुवाउन थाले पनि त्यो क्रम कम हुँदै गयो।

संसद्‌भित्र छोरी सम्झिँदा...
संसद्‌भित्र सांसद शारीरिक, मानसिक र भावनात्मक रुपमा बलियो भएर बस्नुपर्ने हुन्छ। त्यहाँ रहुन्जेल बाहिरको सबै वातावरण बिर्सिनुपर्ने हुन्छ। नयाँ भइसकेपछि त त्यस्तो सतर्कता अझै बढी आवश्यक हुन्छ। तर, कोठामा छोरी हेर्न परिवारको पाको सदस्य नहुँदा जैसवालले कहिले काम गर्ने दिदि, कहिले देवर त कहिले श्रीमान्‌को भरमा छोड्थिन्। र, संसद् पुग्थिन्।

एउटा आमालाई दुई-तीन महिनाको सन्तान घरमा छोडेर आउनुपर्दाको मानसिक र भावनात्मक पीडाको गहिराई कति हुन्छ? त्यसको गहिराई न उनी कसैलाई देखाउन सक्छिन्, न त अभिव्यक्त गर्न नै। गर्न सकिन्छ त केबल अनूभुति। 

उनी सुनाउँछिन्, ‘त्यसैले सुरुवाती दिनमा संसद् चलिरहँदा भित्र मात्रै केन्द्रित हुन गाह्रो भयो।’ उनलाई लागिरहन्थ्यो, ‘बच्चालाई भोक लाग्यो कि, कतै रोइरहेको छ कि!’ संसद्को मानसिक तनावबीच सँगै थपिएको हुन्थ्यो भावनात्मक तनाव।

संसद्‌भित्रको अनुभव 
संसद् बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र गएपछि भिन्न लागेको छ उनलाई। आम जनताले कानुन निर्माण गर्ने सांसद नै हुन् भन्ने लाग्छ। तर, नयाँ सांसद भएर भित्र गएपछि त्यहाँ पार्टीको ह्वीप लाग्ने र बहुमतले जित्ने रहेछ भन्ने थाहा पाएकी छिन्।

त्यसले भने उनलाई नमिठो अनुभूति गराउँछ। सँगै संसद भित्र महिला सक्षम हुँदा हुँदै त्यस अनुसारको अवसर नपाएको उनको गुनासो छ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
रसुवा बाढीबारे छलफल गर्न अर्थ समितिले बोलायो बैठक अर्थ समितिको बैठक बिहान ९:३० बजे सुरु हुनेछ। बैठकमा रसुवामा आएको बाढीपछि सरकारले हालसम्म गरेका उद्धार, राहत वितरण र पुनःस्थापनाका का... बुधबार, भदौ २४, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिल... बुधबार, भदौ २४, २०८३
सुशासन कायम हुने वाचा गर्दै प्रधानमन्त्री शाहले दिए जेन–जी सहिदलाई श्रद्धाञ्जली जेन–जी आन्दोलनको स्मरण गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत छोटो सन्देश सार्वजनिक गरेका हुन्। उनले आन्दोलनमा ज्यान गुमाएका... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
रसुवा बाढीबारे छलफल गर्न अर्थ समितिले बोलायो बैठक बुधबार, भदौ २४, २०८३
ग्यास अभावबारे सरकारसँग जवाफ माग्दै संसदीय समिति बुधबार, भदौ २४, २०८३
बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित, काठमाडौं–धादिङ सडकखण्डमा एकतर्फी बुधबार, भदौ २४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ २४, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्