काठमाडौं– सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका ६ जनाकै नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रस्तावित ६ जना न्यायाधीशहरुको सुनुवाइ सकिएको थियो। समितिले बुधबार मात्रै अनुमोदनको निर्णय गरेको हो।
सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन हुनेमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।