काठमाडौं– मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा जारी छ। भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको सिंहदरबारको मूख्य भवनको नयाँ बैठक कक्षमा बैठक बसिरहेको छ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मुख्य भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेको हो। नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा ल्याइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष यसअघि नै सारिएको थियो।
बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको बैठक कक्षको अवलोकन गरेपछि मन्त्रिपरिषद्को बैठक त्यहिँ बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।