काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। बैठक मंगलबार दिउँसो ३ बजे पार्टी मुख्यालय कोटेश्वरमा बस्ने बताइएको छ।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन, ‘जनतासँग माओवादी विशेष अभियान’, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुनेछ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारीको विषयलाई लिएर बैठकमा छलफल हुने छ। यस्तै, पुस १६ गते समापन हुने पार्टीको ‘जनतासँग माओवादी विशेष अभियान’को समीक्षाका लागि केन्द्रीय समितिको बैठक बोलाउने विषयमा बैठकमा छलफल हुने सापकोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।