काठमाडौं– सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रश्ताव पेस भएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको हो।
पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो।
सोही समितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए। समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रश्ताव पेस भएको र प्रस्ताव उपर आज छलफल भएको उनले जानकारी दिए।
उनलका अनुसार प्रस्तावमाथिको छलफल मंगलबारको सचिवालय बैठकमा पनि जारी रहने छ। सचिवालय बैठक मंगलबार पनि जारी रहने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।