काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित 'एक्सन रुम'बाट दुई सडक खण्डको अनुगमन गरेका छन्।
उनले सोमबार दिउँसो नारायणघाट-बुटवल सडक र मुग्लिङ-पोखरा सडक योजनाको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा रहेको एक्सन रुमबाट अनुगमन गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले गत असारमा पनि एक्सन रुमबाटै भेरी–बबई डाइभर्सन आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाको अनुगमन गरेका थिए।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा विभिन्न आयोजनाको कार्यप्रगतिबारे अनुगमनका लागि ‘एक्सन रुम’ निर्माण गरिएको थियो। तर यसको अपेक्षाकृत प्रयोग भने भएको पाइँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।