• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पल शाहविरुद्धको बलात्कार मुद्दामा अब के हुन्छ?

64x64
नेपाल लाइभ मंगलबार, पुस ३, २०८०  ०९:४६
1140x725

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशद्वय न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको मंसिर २२ (शुक्रबार)को संयुक्त इजलासले दोहोर्‍याइ पाउँ भनेर दायर भएको एउटा निवेदनमा आदेश गर्‍यो। उक्त आदेशसँगै कलाकार पूर्णविक्रम शाह (पल शाह) पुन: चर्चामा आएका छन्। किनकि अदालतले पल शाहविरुद्धको बलात्कार मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो। 

जिल्ला र उच्च अदालतबाट सफाइ पाएर ‘ढुक्क’ भएका शाह सर्वोच्चले दोहोर्‍याएर मुद्दा हेर्ने निर्णय गरेपछि फेरि कानुन व्यवसायी खोज्ने दौडमा लागेका छन्। उनले केही दिनदेखि कानुन व्यवसायीसँग कसरी अघि बढ्ने भनेर छलफल गरिरहेका छन्। अबको पेसीमा कानुन व्यवसायी लिएर उपस्थित हुनुपर्ने भएकाले उनले आवश्यक परामर्श थालेका छन्। शुक्रबारको सुनुवाइमा सरकारी पक्षले एकल रुपमा बहस गरेर निस्सा प्रदान गर्ने आदेश गरेसँगै शाहको तनाव वढेको छ। 

जबरजस्ती करणी मुद्दामा शाहलाई सफाइ हुने जिल्ला र उच्च अदालतको फैसला नमिलेको भन्दै सरकारी पक्ष दोहोर्‍याइ पाऊँ भन्दै गत साउन ८ गते सर्वोच्च अदालत पुगेको थियो। जिल्ला र उच्च अदालतको फैसलामा प्रमाणको उचित मूल्याङ्कन नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले दोहोर्‍याएर हेर्ने निस्सा पाउँ भन्दै सर्वोच्च अदालतमा निवेदन दिएको थियो। 

उच्चले सफाइ दिएकोबारे सर्वोच्चका २ प्रश्न 
सर्वोच्चले शाहको मुद्दामा उच्च अदालत पोखराको अन्तिम फैसलामा केही प्रश्न उठाएको छ। 

न्यायाधीशद्वय माथेमा र फुयालको इजलासले उच्चको फैसलालाई लिएर मुख्य रुपमा व्याख्या र सिद्धान्तमाथि केही प्रश्न उठाएको छ। सर्वोच्चले पीडित नाबालक रहेको देखिएकाले पीडितको बकपत्र तथा प्रतिवादीको बयानका साथै  शारीरिक परीक्षण प्रतिवेदन, चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्डको उचित मूल्याङ्कन नभएको देखिएको सर्वाेच्चको आदेशमा भनिएको छ।  

सर्वोच्च अदालतले पललाई सफाइ दिने फैसला प्रमाण ऐन २०३१, मुलुकी अपराध संहिताको व्याख्यात्मक टिप्पणी र सर्वोच्चबाट भएको फैसलाले प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएको भनि आदेशमा टिप्पणी गरेको छ। सर्वाेच्चले यही आधारमा टेकेर निस्सा दिएकाले आगामी दिन यही प्रश्नभित्र रहेर फैसलाको बहस हुने छ।  

शाहविरुद्ध सुरुमा २ वटा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। सहमतिमै यौन सम्बन्ध कायम गरेको भनिए पनि पीडित नाबालिग रहेकाले मुलुकी फौजदारी अपराध संहिताको नजरमा अपराध हुने भएकाले सजाय हुनुपर्ने जिकिर अभियोग पत्रमा गरिएको थियो। नवलपुर र तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा दायर भएको थियो। 

जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दाबाट सफाइ दिइ बाल यौन दुरुपयोग ठहर गरेको थियो। तनहुँ जिल्ला अदालतले सबै अभियोगमा सफाइ दिएको थियो। नवलपुरले दोषी ठहर गरेपछि शाह उच्च अदालत पोखरा पुगेका थिए। उच्चले समग्र सबै अभियोगमा सफाइ दियो। 

Ncell 2
Ncell 2

यसरी समग्रमा सफाई दिएपछि सरकारी पक्ष पुनरावेदनको निवेदन लिएर सर्वोच्चसम्म आएको हो।

जिल्ला अदालत र उच्च अदालत पोखराले प्रमाणको उचित मूल्याङ्कन नगरी, पीडित होस्टाइल भएकै कारण सफाइ दिएको नमिलेको भन्दै उक्त मुद्दालाई दोहोर्‍याएर हेरी पाउनुपर्ने महान्यायाधिवक्ता कार्यालयको जिकिर छ। 

गत साउन ८ गते सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सर्वोच्चमा निवेदन दर्ता भएको थियो। 

सो निवेदनमा मंसिर २२ गतेको पेसीमा चढेको थियो। पेसीमा चढेको दिन नै सर्वोच्चका न्यायाधीशद्वय माथेमा र फुयालको संयुक्त इजलासले दोहोर्‍याएर हेर्ने निस्सा प्रदान गरेको हो।  निस्सा प्राप्त भएसँगै अब यो मुद्दाको पुनरावेदनको रुपमा सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ। पुनरावेदनको निस्सा दिने न्यायाधीशहरुले भने यो मुद्दामा फरक पर्न सक्ने आदेश दिएकाले उनीहरूले हेर्न मिल्दैन।

के हो पल शाहविरुद्धको मुद्दा प्रकरण? 
अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहले आफूमाथि बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले सुरुमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता गराइन्। उनले आफ्नो परिवारमार्फत् जाहेरी दिएकी थिइन्। पीडित भनिएकी गायिकाको परिवारको तर्फबाट २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पल शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान गरी २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरेको थियो।

पछि पीडित नाबालिगले आफूमाथि नवलपुरको गैँडाकोटमा पनि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरमा पनि जाहेरी दिइन्। प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले नवलपुर जिल्ला अदालतमा पनि शाहविरुद्ध मुद्दा दर्ता गरेको थियो। 

मुद्दा दर्ता भएपछि सुरुमा दुवै जिल्ला अदालतले पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। मुद्दाको अन्तिम फैसला हुदाँसम्म पीडित भनिएकी नाबालिगले आफूमाथि बलात्कार नभएको र अरूको उक्साहटमा जाहेरी दिएको बयान दिइन्। पीडित ‘होस्टाइल’ भएपछि मुद्दा नै अर्कोतिर पुग्यो। यही आधारमा टेकेर दुवै अदालतले बलत्कारको कसुरमा सफाइ दिए।  

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले भने केही प्रश्न उठाएर साढे २ वर्ष कैद र २५ हजार जरिवानाको रुपमा सांकेतिक सजाय सुनाए। तर तनहुँ जिल्ला अदालतले भने पूर्ण रुपमा सफाइ दिने फैसला सुनायो। 

उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको  २०७९ फागुन १४ गतेको इजलासले बालयौन दुरुपयोग ठहर गरेको नवलपुर जिल्ला अदालतको फैसला उल्टी गर्दै अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दियो। उनी योसँगै सवै अभियोगबाट मुक्त भए। 

सर्वोच्च अदालतले यो मुद्दालाई दोहोर्‍याएर हेर्ने निस्सा प्रदान गरेसँगै अब यस मुद्दाको छिनोफानो सर्वोच्च अदालतबाटै हुनेछ। तत्कालका लागि पल शाह थुनामै जानुपर्ने अवस्था त छैन, तर यो मुद्दा सर्वोच्च अदालत आइपुगेको कारण सर्वोच्च अदालतले पनि उच्च अदालतकै फैसला सदर गर्छ कि दोषी ठहर गर्छ भन्ने कुरा भने फैसलापछि मात्रै थाहा हुनेछ। यो मुद्दामा अदालतले आवश्यक देखेमा थप प्रमाण बुझ्न आदेश गर्ने, पुनः बकपत्र गराउने लगायतका काम गर्न सक्नेछ।

सर्वोच्च अदालतले उच्च अदालतको फैसला उल्टाएर शाहलाई दोषी ठहर गरेमा शाहले प्रहरी हिरासत र जेलमा बसेको समय घटाएर बाँकी समय जेलमा बस्नुपर्ने हुन सक्नेछ। वारदात भएको भनिएको समयमा पीडित भनिएकी नाबालिकाको उमेर १४ वर्षभन्दा बढी र १६ वर्षभन्दा कम रहेको कारण कसुर ठहर भएमा शाहलाई १२ देखि १४ वर्षसम्मको कैद सजाय हुनेछ। उक्त सजायमा उनी जेलमा बसेको समय घटाएर बाँकी कैद भुक्तान गर्नुपर्नेछ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार प्रहरी स्रोतले प्रशासनलाई जानकारी दिएअनुसार, लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि अवस्था नियन्त्र... बिहीबार, माघ १५, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु मंगलबार राति पौने ११ बजेतिर घेवारचौरमा तामाङको मृत्यु घटनापछि अनुसन्धानका लागि ५२ वर्षीय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षीय कुन्सा ग... बुधबार, माघ १४, २०८२
रौतहटमा नक्कली भारुसहित दुई जना पक्राउ सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरका प्रमुख डिएसपी प्रेमसागर विष्टका अनुसार शङ्कास्पद नोटसहित उनीहरूको साथबाट सक्कली... बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्