• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पल शाहविरुद्धको बलात्कार मुद्दामा अब के हुन्छ?

64x64
नेपाल लाइभ मंगलबार, पुस ३, २०८०  ०९:४६
1140x725

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशद्वय न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको मंसिर २२ (शुक्रबार)को संयुक्त इजलासले दोहोर्‍याइ पाउँ भनेर दायर भएको एउटा निवेदनमा आदेश गर्‍यो। उक्त आदेशसँगै कलाकार पूर्णविक्रम शाह (पल शाह) पुन: चर्चामा आएका छन्। किनकि अदालतले पल शाहविरुद्धको बलात्कार मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो। 

जिल्ला र उच्च अदालतबाट सफाइ पाएर ‘ढुक्क’ भएका शाह सर्वोच्चले दोहोर्‍याएर मुद्दा हेर्ने निर्णय गरेपछि फेरि कानुन व्यवसायी खोज्ने दौडमा लागेका छन्। उनले केही दिनदेखि कानुन व्यवसायीसँग कसरी अघि बढ्ने भनेर छलफल गरिरहेका छन्। अबको पेसीमा कानुन व्यवसायी लिएर उपस्थित हुनुपर्ने भएकाले उनले आवश्यक परामर्श थालेका छन्। शुक्रबारको सुनुवाइमा सरकारी पक्षले एकल रुपमा बहस गरेर निस्सा प्रदान गर्ने आदेश गरेसँगै शाहको तनाव वढेको छ। 

जबरजस्ती करणी मुद्दामा शाहलाई सफाइ हुने जिल्ला र उच्च अदालतको फैसला नमिलेको भन्दै सरकारी पक्ष दोहोर्‍याइ पाऊँ भन्दै गत साउन ८ गते सर्वोच्च अदालत पुगेको थियो। जिल्ला र उच्च अदालतको फैसलामा प्रमाणको उचित मूल्याङ्कन नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले दोहोर्‍याएर हेर्ने निस्सा पाउँ भन्दै सर्वोच्च अदालतमा निवेदन दिएको थियो। 

उच्चले सफाइ दिएकोबारे सर्वोच्चका २ प्रश्न 
सर्वोच्चले शाहको मुद्दामा उच्च अदालत पोखराको अन्तिम फैसलामा केही प्रश्न उठाएको छ। 

न्यायाधीशद्वय माथेमा र फुयालको इजलासले उच्चको फैसलालाई लिएर मुख्य रुपमा व्याख्या र सिद्धान्तमाथि केही प्रश्न उठाएको छ। सर्वोच्चले पीडित नाबालक रहेको देखिएकाले पीडितको बकपत्र तथा प्रतिवादीको बयानका साथै  शारीरिक परीक्षण प्रतिवेदन, चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्डको उचित मूल्याङ्कन नभएको देखिएको सर्वाेच्चको आदेशमा भनिएको छ।  

सर्वोच्च अदालतले पललाई सफाइ दिने फैसला प्रमाण ऐन २०३१, मुलुकी अपराध संहिताको व्याख्यात्मक टिप्पणी र सर्वोच्चबाट भएको फैसलाले प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएको भनि आदेशमा टिप्पणी गरेको छ। सर्वाेच्चले यही आधारमा टेकेर निस्सा दिएकाले आगामी दिन यही प्रश्नभित्र रहेर फैसलाको बहस हुने छ।  

शाहविरुद्ध सुरुमा २ वटा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। सहमतिमै यौन सम्बन्ध कायम गरेको भनिए पनि पीडित नाबालिग रहेकाले मुलुकी फौजदारी अपराध संहिताको नजरमा अपराध हुने भएकाले सजाय हुनुपर्ने जिकिर अभियोग पत्रमा गरिएको थियो। नवलपुर र तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा दायर भएको थियो। 

जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दाबाट सफाइ दिइ बाल यौन दुरुपयोग ठहर गरेको थियो। तनहुँ जिल्ला अदालतले सबै अभियोगमा सफाइ दिएको थियो। नवलपुरले दोषी ठहर गरेपछि शाह उच्च अदालत पोखरा पुगेका थिए। उच्चले समग्र सबै अभियोगमा सफाइ दियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी समग्रमा सफाई दिएपछि सरकारी पक्ष पुनरावेदनको निवेदन लिएर सर्वोच्चसम्म आएको हो।

जिल्ला अदालत र उच्च अदालत पोखराले प्रमाणको उचित मूल्याङ्कन नगरी, पीडित होस्टाइल भएकै कारण सफाइ दिएको नमिलेको भन्दै उक्त मुद्दालाई दोहोर्‍याएर हेरी पाउनुपर्ने महान्यायाधिवक्ता कार्यालयको जिकिर छ। 

गत साउन ८ गते सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सर्वोच्चमा निवेदन दर्ता भएको थियो। 

सो निवेदनमा मंसिर २२ गतेको पेसीमा चढेको थियो। पेसीमा चढेको दिन नै सर्वोच्चका न्यायाधीशद्वय माथेमा र फुयालको संयुक्त इजलासले दोहोर्‍याएर हेर्ने निस्सा प्रदान गरेको हो।  निस्सा प्राप्त भएसँगै अब यो मुद्दाको पुनरावेदनको रुपमा सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ। पुनरावेदनको निस्सा दिने न्यायाधीशहरुले भने यो मुद्दामा फरक पर्न सक्ने आदेश दिएकाले उनीहरूले हेर्न मिल्दैन।

Xtrem

Xtrem

के हो पल शाहविरुद्धको मुद्दा प्रकरण? 
अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहले आफूमाथि बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले सुरुमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता गराइन्। उनले आफ्नो परिवारमार्फत् जाहेरी दिएकी थिइन्। पीडित भनिएकी गायिकाको परिवारको तर्फबाट २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पल शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान गरी २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरेको थियो।

पछि पीडित नाबालिगले आफूमाथि नवलपुरको गैँडाकोटमा पनि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरमा पनि जाहेरी दिइन्। प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले नवलपुर जिल्ला अदालतमा पनि शाहविरुद्ध मुद्दा दर्ता गरेको थियो। 

मुद्दा दर्ता भएपछि सुरुमा दुवै जिल्ला अदालतले पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। मुद्दाको अन्तिम फैसला हुदाँसम्म पीडित भनिएकी नाबालिगले आफूमाथि बलात्कार नभएको र अरूको उक्साहटमा जाहेरी दिएको बयान दिइन्। पीडित ‘होस्टाइल’ भएपछि मुद्दा नै अर्कोतिर पुग्यो। यही आधारमा टेकेर दुवै अदालतले बलत्कारको कसुरमा सफाइ दिए।  

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले भने केही प्रश्न उठाएर साढे २ वर्ष कैद र २५ हजार जरिवानाको रुपमा सांकेतिक सजाय सुनाए। तर तनहुँ जिल्ला अदालतले भने पूर्ण रुपमा सफाइ दिने फैसला सुनायो। 

उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको  २०७९ फागुन १४ गतेको इजलासले बालयौन दुरुपयोग ठहर गरेको नवलपुर जिल्ला अदालतको फैसला उल्टी गर्दै अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दियो। उनी योसँगै सवै अभियोगबाट मुक्त भए। 

सर्वोच्च अदालतले यो मुद्दालाई दोहोर्‍याएर हेर्ने निस्सा प्रदान गरेसँगै अब यस मुद्दाको छिनोफानो सर्वोच्च अदालतबाटै हुनेछ। तत्कालका लागि पल शाह थुनामै जानुपर्ने अवस्था त छैन, तर यो मुद्दा सर्वोच्च अदालत आइपुगेको कारण सर्वोच्च अदालतले पनि उच्च अदालतकै फैसला सदर गर्छ कि दोषी ठहर गर्छ भन्ने कुरा भने फैसलापछि मात्रै थाहा हुनेछ। यो मुद्दामा अदालतले आवश्यक देखेमा थप प्रमाण बुझ्न आदेश गर्ने, पुनः बकपत्र गराउने लगायतका काम गर्न सक्नेछ।

सर्वोच्च अदालतले उच्च अदालतको फैसला उल्टाएर शाहलाई दोषी ठहर गरेमा शाहले प्रहरी हिरासत र जेलमा बसेको समय घटाएर बाँकी समय जेलमा बस्नुपर्ने हुन सक्नेछ। वारदात भएको भनिएको समयमा पीडित भनिएकी नाबालिकाको उमेर १४ वर्षभन्दा बढी र १६ वर्षभन्दा कम रहेको कारण कसुर ठहर भएमा शाहलाई १२ देखि १४ वर्षसम्मको कैद सजाय हुनेछ। उक्त सजायमा उनी जेलमा बसेको समय घटाएर बाँकी कैद भुक्तान गर्नुपर्नेछ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा दाेलखा सभापति बर्मा लामाको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्