काठमाडौं- सरकारले हातहतियार खरखजाना नियमावली १२औं संशोधन २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले विद्युत खपथ वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना २०८० पनि स्वीकृत गरेको मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार सरकारले क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने, फिनल्याण्डमा होलसिन्कीमा आयोजना हुने इन्टु साइटुको २२औं वार्षिक बैठक तथा तालिममा सहभागी हुन उपमहालेखा परीक्षक पदमराज पौडेललाई उपस्थित हुन स्वीकृत दिने लगायतका निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।