काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले राज संस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको दाबी गरेका छन्।
आइतबारदेखि काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दू राष्ट्र पुन:स्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको बताएका हुन्।
अध्यक्ष लिङ्देनले निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि बताए। उनले आफ्नो पार्टीलाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रुपमा स्थापित गराउने कामसमेत भएको दाबी गरे।
अध्यक्ष लिङ्देनले विगतमा निर्वाचनमा अपेक्षा अनुसार परिणाम हात नपारे पनि आफ्नो पार्टीले अग्रमगनको बाटो तय गर्दै अघि बढेको दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।