काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्रै अब प्रिन्टेड मिडियाहरु सञ्चालन हुन नसक्ने बताएकी छन्।
आइतबार काठमाडौंमा द राइजिङ नेपालको ५८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले न्युज बेस भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रिन्टेड मिडियाले विशेष विषयवस्तुको लिडिङ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको बताइन्।
सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको उनको भनाइ छ। सूचना जनतासमक्ष लैजाने एउटा पाटो भए पनि जनताको कुराहरु र गुनासाहरु सकारसम्म पुर्याउने काम पनि सञ्चारमाध्यमको भएको उनले बताइन्।
कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पुरानो ढाँचालाई छोडेर अब प्रविधिसँग नयाँ ढाँचाको विकास गर्न जरुरी रहेको बताए। उनले समाचार विश्वसनीय र गुणस्तरीय बनाउँदै लैजानुपर्ने चुनौती अहिले देखिएको र त्यसमा गोरखापत्र संस्थानले काम गरिरहेको पनि दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।