काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नेता कुट्ने चलन कसले चलायो भन्दै प्रश्न गरेका छन्। ‘अहिले देशभरि नेता कुट्ने चलन चलिराखेको छ। यसरी नेता कुट्ने चलन कसले चलायो?,’ युवा संगठन काभ्रेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भने।
नेता कुट्ने चलन राम्रो होइन भन्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो कुराको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध र आलोचना गर्ने बताए।
उनले भने, ‘नेता देख्यो कि झम्टिहाल्ने स्थित कसरी बन्यो? यस्तो विकृतिको अन्त्य हुनुपर्छ।’ जनतालाई नेताप्रति विश्वास जगाउने काम गर्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।