• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एमालेको मध्यपहाडी यात्राबाट सिंगो राष्ट्र नै लाभान्वित हुन्छ : विष्णु पौडेल [अन्तर्वार्ता]

64x64
किशोर दहाल शुक्रबार, मंसिर २९, २०८०  २०:३०
1140x725

नेकपा एमालेको जारी मध्यपहाडी क्षेत्रको यात्रा अभियान अन्तिम चरणमा आइपुगेको छ। मंसिर १४ गते पश्चिम नेपालको झुलाघाटबाट सुरु भएको यात्रा अभियान शुक्रबार तेह्रथुम पुगेको छ। शनिबार पाँचथरको चिवाभञ्ज्याङ पुग्ने बताइएको छ। यात्रा सकिँदै गर्दा एमालेका नेताहरूले यस बीचमा कस्तो अनुभूति गरे? कस्ता समस्या र सम्भावना देखे? लगायतका विषयमा उपाध्यक्ष विष्णु पौडेलसँग नेपाल लाइभका लागि किशोर दहालले कुराकानी गरेका छन्। शुक्रबार तेह्रथुममा रहेका पौडेलसँग दहालले टेलिफोनमा कुराकानी गरेका हुन्।

तपाईंहरूको अभियान अन्तिम चरणमा आएको छ। यसक्रममा तपाईंहरूले अनुभूति गरेका नयाँ विषयहरू के हुन्?
यो यात्रा ऐतिहासिक ढंगको यात्रा हो। यसलाई नेपालको राजनीतिक इतिहासमा लामो समयसम्म याद गरिने छ।

नेपालको भूमिलाई प्रत्यक्षरुपमा नबुझिकन निर्माण गरिने नीतिहरू सही, समुचित र व्यवहारिक हुन सक्दैनन्। देशको नीति निर्माण गर्दा देशलाई राम्रोसँग बुझ्नुपर्छ। देशको अवस्थितिलाई बुझ्नुपर्छ। भूगोललाई बुझ्नुपर्छ। जनसंख्यालाई बुझ्नुपर्छ। समस्या र सम्भावनालाई बुझ्नुपर्छ। मध्यपहाडी क्षेत्रका समस्या र सम्भावनालाई बुझ्नका निम्ति यो यात्रा महत्त्वपूर्ण सावित भएको छ।

यस यात्राका क्रममा हामीले केही नयाँ तथ्यहरू प्रत्यक्ष रुपमा देख्यौं। मध्यपहाडी क्षेत्रबाट ठूलो जनसंख्याको बहिर्गमन भइरहेको छ। यो समस्यालाई कस्तो नीति, कार्यक्रम र प्रयासद्वारा रोक्न सक्छौं र त्यस क्षेत्रको आकर्षण स्थापित गर्न सक्छौं भन्ने कोणबाट विवेचना गर्नुपर्ने स्थिति रहेको छ।

त्यस्तै, एमालेले मध्यपहाडी लोकमार्गको परिकल्पना गर्दा यस क्षेत्र र समग्र देशकै विकासका निम्ति महत्त्वपूर्ण आधार हुनसक्छ भन्ने हामीलाई लागेको थियो। त्यो परिकल्पना सही नै रहेछ भन्ने हामीले यो यात्राबाट अनुभव गरेका छौं। सँगसँगै यसमा परिमार्जनको आवश्यकता पनि बोध गरेका छौं। ठाउँठाउँमा यो राजमार्ग बढी घुमेको छ। त्यसलाई सोझो पार्न सक्छौं। र दुरी घटाउन सक्छौं। र यसलाई डबल लेनमा अपग्रेट गर्न सक्छौं। त्यसले मध्यपहाड र नेपालको विकासको सन्दर्भमा महत्त्वपूर्ण आयोजनाको रुपमा भूमिका निर्वाह गर्न सक्छ। प्रादेशिक र भौगोलिक रुपमा रहेको जनसांख्यिक असन्तुलनलाई पनि व्यवस्थापन गर्न पनि महत्त्वपूर्ण काम गर्न सक्छ।

बैतडीदेखि सुरु भएको यस यात्राका क्रममा आज (शुक्रबार) हामी तेह्रथुममा आइपुगेका छौं। भोलि पाँचथर पुग्छौं। यस क्रममा हामीले महसुस गर्‍यौं- जनताले एमालेका नीतिहरूलाई सही मानेका छन्। एमालेको नेतृत्वलाई सक्षम मानेका छन्। एमालेसँग आफ्नो भविष्य जोडेर हेरेका छन्। मुलुकको बागडोर छिटोभन्दा छिटो एमालेको हातमा आउनुपर्छ। एमाले बिना देशको विकास सम्भव छैन भन्ने अनुभूति आम मानिसमा रहेको पायौं।

जुनसुकै पार्टी, पेशा, व्यवसाय, जाति, भाषा, धर्म, संस्कृतिका मान्छेहरू एमालेमा गोलबन्द हुँदै गरेको रोचक दृश्य यस यात्राको क्रममा देख्यौं। एमालेप्रतिको विश्वास मात्रात्मक मात्र होइन, गुणात्मक रुपमा वृद्धि भएको छ।

हाम्रो पार्टीका श्रद्धय अध्यक्ष केपी शर्मा ओलीप्रति जनतामा असाधारण श्रद्धा देख्यौं। हामीले भन्ने गर्थ्यौं कि समकालीन राजनीतिका सर्वाधिक लोकप्रिय नेता, नेपाली जनताका प्रिय नेता, सही नीति प्रतिपादन गर्ने नेता, दृढतापूर्वक र सक्षमतापूर्वक देशलाई नेतृत्व गर्ने नेता भनेर उहाँलाई श्रद्धा गर्थ्यौं। हाम्रो दाबी सही छ भन्ने कुरा जनताको प्रतिक्रियाबाट पुष्टि भएको देख्यौं। बच्चा, किशोर किशोरी, अधबैँसेदेखि बुढाबुढी सबै केपी ओलीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहन्छन्। जनतामा अध्यक्ष ओलीप्रतिको क्रेज हामीले अनुमान गरेभन्दा धेरै फराकिलो रहेछ।

Ncell 2
Ncell 2
nimb
nimb

समग्रमा भन्दा, हाम्रो यो अभियान, एमालेको अभियानभन्दा पनि राष्ट्र निर्माणको अभियान हो। देशलाई समृद्धितर्फ लिएर जाने अभियान हो। अहिले मुलुकले बेहोरिरहेको समस्याका कारणहरू र मुलुकलाई सही दिशातिर लैजानका निम्ति गर्नुपर्ने कामका सन्दर्भमा हामीले जनतासँग प्रत्यक्ष संवाद गर्यौं। सभा, भेटघाट र छलफलहरूमा जनताका चाहना, माग र अपेक्षाहरू हामीले सुनेका छौं। समस्या समाधानका लागि हामीले दृष्टिकोण राखेका छौं।

तपाईंले मध्यपहाडी लोकमार्गको परिकल्पना सही रहेछ पनि भन्नुभयो। सँगसँगै जनसंख्याको विस्थापन पनि तीव्र भइरहेको पनि बताउनुभयो। किन यस्तो विरोधाभाष भयो? लोकमार्गको निर्माण हुने तर जनता त्यस क्षेत्रबाट बाहिरिने स्थिति किन आयो?
मध्यपहाडी लोकमार्ग बन्दै गरेता पनि जनसंख्याको विस्थापन शृंखला नरोकिएको सत्य हो। तर त्यसलाई रोक्न र मध्यपहाडको आकर्षण बढाउन सकिन्छ। यस राजमार्गको दूरी छोट्याउने, दुई लेनको बनाउने, सुरङ मार्गहरू बनाउने काम गर्न सक्दा जनसंख्याको विस्थापन शृंखला रोक्न सकिन्छ। अन्यत्रबाट त्यहाँ जाने स्थिति पनि बनाउन सकिन्छ।

तपाईंहरूले कात्तिक २२ को सचिवालय बैठकमार्फत् यस अभियानका केही उद्देश्यहरू सार्वजनिक गर्नुभएको थियो। जसमध्ये दुई उद्देश्य थिए- पहाडको विकासको चुनौती बुझ्ने र मानिसमा बढ्दो निराशाको कारण पत्ता लगाउने। यी दुई विषयमा के नयाँ तथ्य पत्ता लगाउनुभयो?
पहाडमा जनसंख्या छरिएर बसेको छ। त्यस्तो ठाउँमा विकासमा पूर्वाधारहरू बाटो, पानी, बिजुली, स्कुल, अस्पताल जस्ता भौतिक पूर्वाधार पुर्‍याउन स्वाभाविक रुपमा खर्चिलो हुन्छ। कठिन हुन्छ। त्यसका बाबजुद पनि हामी यस क्षेत्रको विकासमा केन्द्रित हुनुपर्छ भन्ने हामीले अनुभव गरेका छौं।

निराशातर्फचाहिँ- नयाँ संविधान जारी भएपछि गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले आरम्भ गरेको कामले जनतामा असाधारण उत्साह पैदा गरेको थियो। त्यसलाई बीचमै परिवर्तन गरियो। २०७४ को निर्वाचनपछि पनि हामीले अध्यक्ष ओलीकै नेतृत्वमा सरकार बनाएका थियौं। त्यो सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न सक्थ्यो। र विकासको हिसाबले नेपालले नयाँ उचाई चुम्न सक्थ्यो। तर त्यो सरकार पनि देशी-विदेशी षडयन्त्रको शिकार भयो। गठबन्धन-सठबन्धन बन्यो। त्यसकै सरकार बन्यो। त्यसपछि नै नेपालमा निराशाको शृंखला सुरु भयो। आर्थिक विकास र समृद्धितर्फ जाने बेलामा मुलुक अस्थिरताको चक्रव्यूहमा फस्यो।

सही नीति र सक्षम नेतृत्व भएको एमाले जस्तो पार्टीलाई घेराबन्दी गर्ने कोसिसले गर्दा निराशा पनि बढ्यो। वास्तवमा एमालेलाई सरकारबाट बाहिर बनाउनु नै निराशा बढ्ने कारण हो। र, निजी स्वार्थमा आधारित गठबन्धन बन्नु पनि निराशाको कारण हो। यो गठबन्धन सरकारले जनतामा सिर्जना भएको निराशालाई समाधान गर्न सक्दैन। बरु निराशा बढाउने काम गर्छ।

यो यात्राको अनुभवबाट एमालेले आफ्ना नीति, योजना तथा कार्यक्रममा कुनै परिमार्जन गर्ने सम्भावना छ?
जरुर। हामीले यो यात्राबाट धेरै ठूलो अनुभव र शिक्षा प्राप्त गरेका छौं। त्यसबाट एमाले मात्रै होइन, सिंगो राष्ट्र नै लाभान्वित हुन्छ। हामीले यो यात्राको अनुभवलाई विश्लेषण, विवेचना र समीक्षा गर्छौं। र अनुभवहरूलाई नयाँ ढंगले सूत्रबद्ध गर्छौं। ती अनुभवका आधारमा हाम्रा नीतिहरूमा, हामीले लिनुपर्ने निर्णयहरूमा क्रमिक रुपमा परिस्कार र परिमार्जन गर्दै अगाडि बढ्छौं।

एमाले र एमाले जस्ता दलहरूले बोक्नुपर्ने आम जनताका दैनिकीसँग जोडिएका कतिपय मुद्दाहरू आजकाल विवादित व्यक्तिहरूले वकालत गर्ने गरेको पाइन्छ। जनताले पनि एक हदसम्म सामाजिक सञ्जाल तथा सडकमार्फत् साथ दिएर उनीहरूलाई विश्वास गरेको देखिन थालेको छ। तपाईंहरूको यस यात्रामा जनतामा एमालेप्रतिको विश्वास कति बाँकी रहेको अनुभव भयो?
पहिलो कुरा, एमाले खहरे खोला होइन। यो कोशी, गण्डकी र कर्णाली नदीजस्तो अविच्छिन्न प्रवाहित हुने सशक्त राजनीतिक शक्ति हो। त्यसकारण एमालेको अरु कुनै खहरेसँग तुलना हुन सक्दैन। दोस्रो कुरा, एमालेले स्थापनाकालदेखि नै केही महत्त्वपूर्ण मुद्दामा आफ्नो दृढ अडान राख्दै आएको छ। नेकपा एमाले राष्ट्रको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको पक्षमा अविच्छिन्न रुपमा दृढतापूर्वक उभिएको छ। यस विषयमा एमालेले कुनै गलत विचार र प्रवृत्तिसँग सम्झौता गर्दैन।

यो पार्टी लोकतन्त्र र जनतालाई सार्वभौमसम्पन्न बनाउने कुरामा निरन्तर उभिँदै आएको छ। जनताका सामाजिक र आर्थिक अधिकारका प्रश्नमा एमाले सधैं नै दृढतापूर्वक उभिँदै आएको छ। अग्रभागमा रहेर जनताको अधिकारका निम्ति संघर्ष गर्दै आएको छ। सरकारमा हुँदा नीति निर्माण गरेर, निर्णय गरेर, कार्यान्वयन गरेर, जनताका समस्या सम्बोधन गर्छौं। प्रतिपक्षमा हुँदा सदन र सडकमा आवाज बुलन्द गरेर, जनतालाई गोलबन्द गरेर, जनताका आर्थिक सामाजिक अधिकारका प्रश्नमा आफूलाई खरो ढंगले उतार्छौं। नेकपा एमालेको यो नीतिमा कुनै पनि खालको कन्फ्युजन छैन। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्