काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचार बारे विदेशी समेत अचम्मित हुन थालेको बताएका छन् ।
‘आजभोलि हरेक बिदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन्। के जवाफ दिने?’ कोइरालाले भने।
कोइरालाले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै विदेशीका अगाडि शीर झुकाएर हिँड्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
भ्रष्टाचार मुक्त समाज निर्माणमा आफू कति पनि नडगमगाउँने प्रतिबद्धता समेत कोइरालाले गरे। भ्रष्टाचारको अन्त्य नभएसम्म जति भाषण गरे पनि देश विकास नहुने कोइरालाको तर्क थियो।
नेपाली कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने- ‘अहिलेसम्मको कांग्रेस कसरी चल्यो म त्यता जान्न तर अब कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारलाई प्रश्रय दिने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।