काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका मुद्दाहरुलाई छिटोभन्दा छिटो फर्स्यौट गर्न आफ्नो प्रयास रहने बताएका छन्।
संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका फर्स्यौट हुन नसकेका मुद्दाहरुको छिटो फर्स्यौट गर्न आफ्नो प्रयास रहने बताए।
उनले इजलाशमा पेस भएका मुद्दाहरुको सोही दिन फर्स्यौट गर्ने पनि आफ्नो प्रयास रहने बताए। उनले अनावश्यक आदेशलाई निरुत्साहन गर्ने पनि बताएका छन्। साना प्रकृतिका, वैवाहिक र विशिष्टिकृत विवाद समावेश भएको मुद्दाहरुको लागि छुट्टै इजलाश गठनको लागि प्रयास गर्ने आफ्नो कार्ययोजना रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।