काठमाडौं– अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी सभापति शेरबहादर देउवाका कारण पार्टी चलायमान भएन भन्नेकुरामा कुनै सत्यता नभएको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टी सभापतिका कारण काम गर्न पाइनँ र कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरामा कुनै सत्यता नरहेको जिकिर गरे। पार्टी सभापतिले सबैलाई स्वतन्त्र रुपमा काम गर्न दिएको उनको दाबी छ।
उनले भने, ‘विभागहरुले पनि पूर्णता पाइरहेका छन्। कतिपय विभागहरु बाँकी छन्। त्यसले पनि पूर्णता पाउँछ। अब भातृ संगठनहरुले पनि पूर्णता पाइरहेका छन्। तिनीहरु क्रियाशील छन्। भूकम्पदेखि हरेक क्रियाकलापमा भातृ संगठनहरु क्रियाशील छन्। पार्टी सभापतिजीले गर्दा पार्टी चलायमान भएन भन्नेकुरामा कुनै तुक छैन। उहाँले उदारताकासाथ पार्टी सञ्चालन गरिरहनुभएको छ। केन्द्रीय समितिमा छलफल हुँदा त्यस्तो द्वन्द्व, तिक्तताको अवस्था छैन। सबैको दृष्टिकोण सुनेर उदारतका साथ काम जिम्मेवारी दिनुहुन्छ। पार्टी सभापतिको कारणले यहाँ काम गर्न पाइएन कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरा कुनै सत्यता छैन।’
प्रवक्ता महतले पार्टीका विभाग र भातृ संगठनहरुले बिस्तारै पूर्णता पाइरहेको र क्रियाशील रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।