काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी भएको प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले धरौटी माग गरेको छ।
उच्च अदालत पाटनको बिहीबार आदेश अनुसार अदालतमा ३० लाख धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण विभाग पठाइएको थियो। विभागले १५ लाख रुपैयाँ धरौटी माग गरेपछि खाणले धरौटी बुझाएको विभागका महानिर्देशक पुष्पराज शाहीले बताए।
अब उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइने छ। अख्तियाले पनि धरौटीमा छाड्न आदेश दिएको अवस्थामा खाण छुट्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।