काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ।
आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको नेता बिमलेन्द्र निधिले जानकारी दिए।
यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो।
यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता निधिले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।