काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ।
बैठक शुक्रबार दिउँसो १२:१५ बजे पार्टी मुख्यालय सानेपामा बस्ने नेताहरुले जनाएका छन्। बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको सन्दर्भमा निर्णय हुने बताइएको छ।
यस्तै, महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।