काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आसन्न महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन लेख्न थालेका छन्।
उनीहरुले संयुक्त रुपमा प्रतिवेदन लेख्न थालेका हुन्। नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन लागेका हुन्।
नेपाली कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ सम्म हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।