काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसद्ले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताए।
बिहीबार संघीय संसद् सचिवालयद्वारा १७औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसद्ले माग गरे बमाजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराए।
उनले संघीय संसद्ले बजेट पास गर्ने भए पनि संसद्मै बजेट कम भएर आवश्यक कार्यक्रमहरु गर्न नसकिएको भन्दै उनले आवश्यक बजेट दिनुपर्ने पनि बताए।
उनले संघीय संसद्को लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर बजेट नपठाउन पनि आग्रह गरे।
अध्यक्ष तिमिल्सिनाले संघीय संसदले अस्वभाविक रुपमा बजेट माग नगरेको स्पष्ट पार्दै संसद्को अधिवेशन र समितिहरु चलाउनका लागि भने आवश्यक बजेट नघटाइ दिनुपर्ने बताउनु भयो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।