काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटाको लेगुवामा हातपात भएको छ। बिहीबार एक व्यक्तिले उनीमाथि आक्रमण गरेका हुन्।
झुलाघाट-चिवाभञ्ज्याङ यात्राका क्रममा धनकुटा पुगेका ओलीलाई स्वागत भइरहेको थियो। फूलमाला र अविरले स्वागत भइरहेको लाइनमै बसेका एक व्यक्तिले ओलीलाई हातले हानेको भिडिओमा देख्न सकिन्छ।
आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।