काठमाडौं– सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए।
बिहीबार संघीय संसद् सचिवालयद्वारा १७औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
संसद्को गरिमा कायम राख्दै संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने भन्दै उनले संसद्को सन्दर्भमा विगतमा भएका बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरुलाई आफूले गम्भिरताका साथ लिएको बताए।
उनले संसद्को गरिमालाई उच्च राख्नका संघीय संसद् सचिवालयले संविधानले व्यवस्था गरे अनुरुपको काम गर्नुपर्ने बताए। संसद्लाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरु पूरा गर्नुपर्ने उनको भनाइ छ।
आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद् सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंकित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख उनले गरे। सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्याउनुपर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।