काठमाडौं– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पटक–पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु नहुने बताएका छन्।
बुधबार शेखर—गगन समूहको बैकठमा सहभागी भइ बाहिरिने क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पटक–पटक अवसर पाइसकेकाहरुको मूल्यांक भइसकेको र उनीहरुबाट कुनै राम्रो काम नभएको भन्दै अब नयाँलाई अवसर दिनुपर्ने बताए।
उनले राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन गर्नेहरुलाई राष्ट्रिय सभा सदस्य बनाउन नसक्ने कुरा शेखर समूहका नेतारुले पार्टी सभापति शेरबहादुर देउवालाई स्पष्ट भन्नुपर्ने धारणा राखे।
उनले भने, ‘पटक–पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैन, किनभने उहाँहरुको मूल्यांकन सबैले गरेको छ। उहाँहरुले के चमत्कार गर्नुभयो, हिजो अवसर पाउँदा मुलुक र डेमोक्रेसीका लागि के चमत्कार गर्नुभयो। राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन छ। फेरि अहिले अवसर दिनुपर्ने कारण के हो? यो विषयमा महामन्त्री, उपसभापतिहरुले जिब्रो नचपाइकन स्पष्ट कुरा सभापतिसँग गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।