काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर—गगन समूहमा कुनै फाटो नआएको दाबी गरेका छन्। बुधबार काठमाडौंमा बसेको कांग्रेस नेता डा शेखर कोईराला गुटको बैठकपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले आफूहरु लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए। उनले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने धारणा राखे। उनले नेपाल भ्रष्टाचारको काण्डले सिंगारिएको भन्दै कांग्रेसले भ्रष्टाचारविरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने उल्लेख गरे।
उनले भने, ‘गुटभित्र कुनै फाटो आएको छैन, हामी लोकतन्त्रवादी हौं। लोकतन्त्रवादी भनेकै वाद, प्रतिवाद र संवादको प्रक्रिया हो। विचारहरु आउँछन्, विचारमा विमति हुन्छ, कहिलेकहीँ व्यक्तित्व घर्षण र असन्तुलन पनि देखिन्छ। तर त्यसलाई छलफल र सहमतिद्वारा नै टुंग्याउनुपर्छ। त्यो प्रयत्नमा हिजो पनि र आज पनि म निरन्तर रुपमा लागेको छु। हामीले कति पटक महासमिति बैठक सार्ने, त्यसैले तोकेकै मितिमा अधिवेशन हुनुपर्छ। नेपाल भ्रष्टाचारको काण्डै काण्डले सिंगारिएको छ। कांग्रेसले भ्रष्टाचारविरोधी अभियान महासमितिबाट पारित गरेर जनता जानुपर्छ।’
नेता केसीले अहिलेसम्मका भ्रष्टाचारका प्रकरणहरुको छानबिन गरी अन्तिम फैसला गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।