काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित संस्थापन इतरपक्षमा भेलापछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्। काम गर्ने शैली र सोचाई उमेर फरक भएकाले फरक परे पनि पार्टीको अजेण्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको नेता कोइरालाको भनाइ थियो।
नेता कोइरालाले पार्टी संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रस्तावसमेत राखेका छन्।
उनले भने, ‘बेसीकल्ली राष्ट्रियसभा निर्वाचनका लागि एउटा क्राइटएरिया बनाऊँ। जे क्राइटएरिया बन्छ, पार्लियामेन्टी बोर्डले बनाऊँ। त्यो क्राइटएरियालाई अगाडि सारेर जाने भन्नेछ। हाम्रो समूहको अजेण्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन। के हुन्छ भने उहाँको उमेर, मेरो उमेर फरक छ। काम गर्ने शैली पनि फरक छ। सोचाई पनि फरक छ। त्यो स्वभाविक छ। अन्यमा अजेण्डामा हाम्रो कुनै फरक मत छैन।’
बाइट...डा. शेखर कोईराला, नेता, नेपाली काँग्रेस
नेता कोईरालाले पार्टीमा सुधार ल्याउनका लागि आफूहरुले निरन्तर छलफललाई अघि बढाउने बताउनु भयो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।