काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन्।
महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुने गरी राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
गौतमले राजीनामा दिएपछि सभामुख घिमिरेले पद्मप्रसाद पाण्डेयलाई संघीय संसद्को कार्यबाहक महासचिव तोकेका छन्। राष्ट्रपति पौडेलले नियुक्तिमा ‘ढिलाइ’ गरेपछि सभामुख घिमिरेले पाण्डेयलाई संघीय संसद्को कार्यबाहक महासचिव तोकेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।