• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

धनगढी उपमहानगर: कार्यपालिकामा छलफलमै रहेको जग्गा प्लटिङ्गसम्बन्धी कार्यविधि राजपत्रमा प्रकाशित

64x64
शेरबहादुर ऐर बुधबार, मंसिर २७, २०८०  ०८:२५
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङ्गसम्बन्धी कार्यविधि २०८० कार्यपालिका बैठकमा छलफलमै रहँदा राजपत्रमा प्रकाशन गरेको छ।

आइतबार (मंसिर २४ गते) कार्यपालिका बैठकमा पेस भएको सो कार्यविधि स्वीकृत नहुँदै राजपत्रमा प्रकाशन गरिएको हो।

‘हामीले कार्यविधि अध्ययन गर्न नपाएपछि छलफल पछिमात्र बैठकबाट पारित गरौं भनेका थियौं,’ धनगढी वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्र शाही (गज्जु)ले भने, ‘बैठकबाट पास नभएको कार्यविधि उपमहानगरपालिकाले राजपत्रमा प्रकाशन गरेको छ।’ उनले विज्ञहरुसँग सुझाव लिएर कार्यविधिलाई थप राम्रो बनाउन जरुरी रहेको बताए।

‘धनगढीका नागरिकलाई सास्ती पुग्ने गरी ऐन, कार्यविधि बन्नु हुँदैन भन्ने हाम्रो मान्यता हो’, उनले भने, ‘तर, सरोकारवालाहरुसँग छलफल नगरी, विज्ञहरुसँगको सुझाव नलिइ मनोमानी ढंगले कार्यविधि ल्याइएको छ।’ 

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि खड्काले कार्यविधि बैठकमा ल्याइएको बताउँदै भने, ‘यो कार्यविधिमा कस्ता व्यवस्था छन् भन्ने हामी नै अनविज्ञ छौँ। पास नभएको कार्यविधि नगर प्रमुखले आफुखुसी राजपत्रमा प्रकाशित गर्दा हामीले जनताबाट गुनासो सुन्नुपर्ने अवस्था आएको छ।’ उनले सो कार्यविधि संशोधन गर्न जरुरी रहेको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

धनगढी वडा नम्बर ७ का वडाध्यक्ष मोती रानाले एक्कासी कार्यविधिमा सडक क्षेत्राधिकार बढाउँदा जग्गा किनबेच गर्न आम नागरिकलाई समस्या भएको बताए। उनका अनुसार अहिले उपमहानगरपालिकाले सडक क्षेत्राधिकार कायम नभएको भन्दै थुप्रै फाइल फिर्ता गरेको छ।

मापदण्डलाई विस्थापित गर्दै नयाँ कार्यविधि
धनगढी उपमहानगरपालिकाले भवन निर्माण तथा योजना मापदण्ड २०७४ लाई विस्थापित गर्दै जग्गा प्लटिङ्गसम्बन्धी कार्यविधि २०८० ल्याएको छ। उपमहानगरपालिकाले ल्याएको सो कार्यविधिमा अब नयाँ प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ।

सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ५ को खण्ड (क) लाई अधार बनाएर धनगढी उपमहानगर क्षेत्रभित्र जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० बनाइएको जनाइएको छ।

उपमहानगरपालिकाले पुरानो सडक गुरुयोजनालाई विस्थापित गर्दै सबै सडकमा नयाँ मापदण्ड तयार गरेको छ। यसअघि भवन निर्माण तथा योजना मापदण्ड २०७४ ले मौजुदा सडकहरुको लम्बाइ, चौडाइ, अधिकार क्षेत्र, सेटव्याक सहितको विवरण तयार गरेको थियो। तर, नयाँ कार्यविधिले पुराना सडकको पक्षेपण नगरी सबै क्षेत्रमा एकै सडक क्षेत्राधिकार कायम गर्ने प्रयास गरेको छ।

कार्यविधिमा भनिएको छ ‘जग्गा प्लटिङ गर्न इजाजत पाएको जग्गा व्यवसायीले प्लटिङ जग्गामा तोकिएको मापदण्डको बाटो कम्तीमा १० मिटर चौडाइ भएको, सडकको दुबैतर्फ नाला निर्माण, विद्युत पोल, तार जडान, कल्भर्ट निर्माण, ट्रान्सर्फमर जडान र खुल्ला जग्गा अनिवार्य राख्नुपर्ने छ।’

धनगढी उपमहानगर क्षेत्रभित्र जग्गा प्लटिङसम्बन्धी कार्यविधिमा नयाँ जग्गा प्लटिङ गर्दा  सडकको घुम्ती वा मोडको अर्धव्यास बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, जग्गा प्लटिङ गर्दा जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापन, वातावरण सन्तुलन तथा हरित नगरलाई सम्बोधन गर्ने गरी न्यूनतम ५ प्रतिशत खुल्ला जग्गा राखी उक्त जग्गामा वृक्षारोपण, सार्वजनिक धारा, शौचालय, सूचना पाटी, पुस्तकालय, खेलमैदान, बालउद्यान तथा सार्वजनिक भवनका लागि जग्गा प्लटिङ गर्ने व्यवसायीले नै जग्गा छुट्याउनु पर्नेछ। 

उपमहानगरपालिकाले जग्गा प्लटिङ्गमा राजस्व पनि निर्धारण गरेको छ। जग्गा प्लटिङ्गसम्बन्धी कार्यविधि २०८० अनुसार पाँच कठ्ठासम्मको प्लटिङ्गमा एकमुस्ट ५ हजार, ५ कठ्ठाभन्दा माथि १५ हजारसम्मको भएमा ५ कठ्ठाको ५ हजार र सोभन्दा माथि १५ कठ्ठासम्म प्रति कठ्ठा २ हजारका दरले हुन आउने एकमुष्ट र १५ कठ्ठाभन्दा माथि भएमा १५ कठ्ठासम्म २५ हजार र सोभन्दा माथि प्रति कठ्ठा १ हजारका दरले हुन आउने एकमुस्ट राजस्व बुझाउनुपर्ने उल्लेख छ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार काठमाडौँमा भएको संघको चौँथो साधारणसभाले गहतराजको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। आगामी दुई वर्षका लागि निर्... शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने नापी विभागका अनुसार दुवै देशका नागरिकले सीमा क्षेत्रमा एकअर्काको भूभागमा पर्ने जग्गा भोगचलन गर्दै आएका छन्। प्रविधिको प्रयोग गरी त्य... शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका बिक्री केन्द्रबाट उपभोक्तालाई ग्यास उपलब्ध ग... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्