काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताएकी छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउने दाबि गरिन्।
उनले गणतन्त्रमा कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताइन्। । गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको उनको भनाइ छ। गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको उले बताइन्।
उनले भनिन्, ‘हिजो निरंकुश राजतन्त्र थियो। तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानुनको आकर्षण बन्न सक्दैन थियो। कुनै कानुन आकर्षित हुन सक्दैन थियो। उनीहरुमाथि कुनै पनि कारबाहीको कुरा हुन सक्दैन थियो। तर आज हामी यो परिवर्तित व्यवस्थामा छौं। संघीय लोकतान्त्रिक गणतन्त्रमामा छौं। त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउँछ। यो व्यवस्थामा यो गणतन्त्रमा संविधान भन्दा माथि कानुनभन्दा माथि, निगरानीभन्दा माथि कोही पनि हुन सक्दैन।’
सञ्चारमाध्यमले सुदृढीकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।