काठमाडौं– संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको आगामी सम्मेलन (कोप २९) अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत भएको छ।
कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप २९ अजरबैजानमा आयोजना गर्ने प्रस्ताव स्वीकृति भएको घोषणा गरे। दक्षिण काकेसस राष्ट्र अजरबैजानले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन जितेर कोप २९ आयोजना गर्ने स्वीकृति पाएको हो।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८ औं बैठक, मंगलवाबाट सम्पन्न हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।