खाडीचौर– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन्।
सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताएका हुन्।
उनले देश विकास र दिगो रक्षाको लागि देशभक्त, सुशासन, शान्ति, विकास प्रेमी र जनताका समस्या हेर्ने पार्टी नेकपा एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए। उनले एमालेलाई आन्तरिक र बाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पूरा नभएको जिकिर गरे।
उनले अब एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभए बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने दाबी गरे। अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाई अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो। उनले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने दाबी गरे।
समृद्ध नेपाल सुखी नेपालीको सपना मिसन ८४ भन्दा पनि पिस्कर काण्ड देखिएको सपना भएको उल्लेख गरे। उनले मुलुकमा नेकपा एमाले बाहेकको अरु कुनै वैकल्पिक शक्ति नभएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।