काठमाडौं– रुस–युक्रेन बीचको युद्ध सुरु भएको करिब २ वर्ष हुन लाग्यो। सो युद्धमा सेना बनेर लड्न नेपालीहरु उक्त देशहरुमा पुगेको समाचार यसअघि नै आइसेकको छ।
सो विषयलाई देशका कार्यकारी प्रमुख स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीकार गरेका छन्। प्रचण्डले रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको र युक्रेनी सेनामा भर्ना भएका नेपालीको तथ्यांक खोजी कार्य भइरहेको पनि बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘रूसी सेनामा पनि नेपाली युवाहरु कोही पढ्न गएका, कोही भिजिट भिसामा गएका, कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो। अब २०० भन्दा बढी छन् भन्नेछ, हामी त्यसको अध्ययन, खोजी भइराखेको छ। कोही रुसी सेनाको तर्फबाट लडाइँमा जाँदा युक्रेनी सेनाको कब्जामा परेर उनका भनाइ बाहिर आएका छन्। युक्रनी सेनामा पनि नेपाली छन्। त्यो पनि सम्पूर्ण तथ्यांङक खोज्दै छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।